कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौकीमा भएको कुटपिटबाट एकजनाको मुत्यु भएको छ ।
बुधबार राति हस्तबहादुर मल्लको घरको विशेष पूजा (पछेटा) गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरूबिच झै–झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका– ७ छाप्रेका १७ वर्षीय राजेश शाहीकाे मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।
वर्ष १६ का भूपेन्द्र शाही घाइते भएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले खाँडाचक्र– ९ का विवेक मल्ल र वर्ष १४ का दीपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य व्यक्तिको खोजी भइरहेको घटनास्थलमै रहेका डिएसपी टेकबहादुर रावतले बताए ।