बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’

शुक्रबार, १६ फागुन, २०८१
डिजिटल संस्करण

संघीयता लागूपछि बागलुङमा १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । ०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । तीमध्ये ६ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन् भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् ।

फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको हाे । चार करोड ५९ लाख ३४ हजारको लागतमा ६ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ । काठेखोला गाउँपालिकाले जग्गा टुंगाे लगाउन सकेको छैन।

ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्षपछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो ।काठमाडौंको सिंहदरबार संघीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।
 

See More On

सुझावित समाचार