ताप्लेजुङमा ६ महिनापछि हिमपात र वर्षा (तस्बिरसहित)

किसानहरु हर्षित

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा वर्षासँगै हिमपात भएपछि किसानहरू हर्षित बनेका छन्। ६ महिनापछि परेको पानी र हिमपातले हिउँदेबालीहरूमा राहत भएको छ। हिउँदको अन्तिममा पानी तथा  हिउँ परेको छ। जिल्लाका हिमाली क्षेत्रका  डाँडाकाँडा सेताम्मे  भएका छन् । 

जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा हिमपात भएको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।  आइतबार बिहानबाट हिमपात सुरु भएको र पाथीभरा क्षेत्रमा व्यापक हिमपात भएको उनले बताए।  महतका अनुसार माथिल्लो फेदीदेखि माथि पाथीभरा मन्दिर आसपाससम्म हिमपात भइरहेको बताए।

पाथीभरा मन्दिर तीन हजार ७९४ मिटर र माथिल्लो फेदी तीन हजार ११० मिटर उचाइमा छन्।  जिल्लाका मानाभारा, जलजले, दुर्गम बस्ती याङमा, तोक्पेगोलालगायतका क्षेत्रमा हिमपात भएको बताइएको छ।

See More On

सुझावित समाचार