बंगलादेश जान लागेका भारतीय नागरिक दुईवटा एयरगनसहित विमानस्थलमा पक्राउ

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

नेपाल हुँदै बंगलादेश जान लागेका भारतीय नागरिक दुईवटा एयरगनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। ४४ वर्षीय मोहम्मद निजामुद्दिनलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो। 

उनी हिमालयन एयरलाइन्सको उडानबाट बिहीबार दिउँसो बंगलादेश जाँदै दिए। उनीबाट बरामद हतियारको परीक्षण गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरी पमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका भारतीयले झुक्किएर ती एयरगन आफ्नो झोलामा परेको बताएका छन्। पक्राउ परेका निजामुद्दिनलाई गौशाला वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ। 

सुझावित समाचार