सिद्धार्थ बैंकको लाभांश पारित

सोमबार, २९ पुष, २०८१
डिजिटल संस्करण

सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारणसभाबाट सेयरधनीलाई चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । सभा आइतबार काठमाडौं, भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार एक सय ८५ छ ।

त्यसैगरी, सभाले ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ सम्बन्धित नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी गर्नेलगायत गत आवका वित्तीय विवरण पनि छलफल गरी पारित गरेको छ । 

साथै, सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेशशंकर पालिखे र वीरेन्द्रकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, सर्वसाधारण सेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल (प्रतिनिधि–रिनुअल इन्भेस्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका हुन् । 

सुझावित समाचार