सशस्त्र प्रहरीद्वारा विपद्पीडितको घर निर्माण गरेर हस्तान्तण

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरी बलले पहिरोबाट घर गुमाएका एक परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ। पाँचथरको फालेलुङ गाउँपालिका- ५ लुनिधस्थित विपद्पीडितलाई बिहीबार घर हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सीमासँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत हिमशिखर गुल्म पाँचथरले घर निर्माण गरी हस्तान्तरण गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी कुमार न्यौपानेले बताए। 

२४औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरीले देशैभरि नागरिकलाई सहयोगका कार्यक्रमहरू अघि बढाएको छ । स्थापना दिवसको अवसरमा विभिन्न जिल्लामा ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ सञ्चालन भइरहेको डिआइजी न्यौपानेले बताए। 

सोही अभियानअन्तर्गत बाँकेमा बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । राप्ती सोनारी गाँउपालिका–८ स्थित श्री भगवती आधारभूत विद्यालयका छात्रछात्राहरूलाई शुक्रबार नं. ४२ रिजर्भ गण बाँकेले शैक्षिक सामग्री वितरण गरेको हो। 

सुझावित समाचार