काठमाडौंमा मनाइयो ‘धोती दिवस’ [तस्बिरहरू]

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार ‘धोती दिवस’ मनाएको छ। दिवसका अवसरमा जनमतका नेता तथा कार्यकर्ता धोती लगाएर माइतीघरमा भेला भएका थिए।

जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिले धोती दिवस मनाउने निर्णय गर्दै सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने  गरी कार्यक्रम गर्न परिपत्रसमेत गरेको थियो।

माइतीघरमा भेला भएका जनमतका नेता–कार्यकर्ताले ‘धोती हाम्रो सान हो, मधेशीको पहिचान हो’, ‘धोती दिवस जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’, लगायतका नारा लगाएका थिए।

पछिल्लो समय अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएकोमा जनमतले मधेशको मौलिकता धोतीमा झल्किने भन्दै धोती दिवस मनाउन थालेको हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार