सुनको मूल्य प्रतितोला एक हजार दुई सय घट्याे

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ घटेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला  एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदी बिहीबार प्रतितोला  एक हजार ९२५ मा कारोबार भएकाेमा आज  एक हजार ८६० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।     
  
 

सुझावित समाचार