नेसनल लाइफको सिइओ क्लब सदस्य सम्मान

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा तोकिएको बिमाशुल्क संकलन गरी कोशी प्रदेशबााट योग्य भएका चार सय २५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो । 

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कोशीबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सिइओ क्लब सदस्यता वितरण गरेका थिए ।

त्यस्तै, आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो । सिइओ खत्रीले कोशीबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगोअंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।

सुझावित समाचार