कालीकोट जिप दुर्घटना : एउटै पालिकाका सातजनाको मृत्यु, १३ जना घाइते

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

बोलेरो जिप दुर्घटनामा परी कालीकोटमा सातजनाले ज्यान गुमाएका छन्। १८ यात्रु (चालकबाहेक) सवार जिप कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा आइतबार दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाएका सात र गम्भीर घाइते १२ गरी १९ जना एकै पालिकाका हुन्।

कालीकोट प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावतका अनुसार दुर्घटनामा परेको क १ ज ५६ नम्बरको बोलेरो जिपको सिट क्षमता नौजनाको हो। जिपले क्षमताभन्दा बढी यात्रु बोकेको र अप्ठ्यारो सडक रहेकाले दुर्घटना भएको हुन सक्ने आकलन गरिएको उनले बताए। पलाँता गाउँपालिकाको खिनदेखि थिर्पुका लागि छुटेको बोलेरो जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो। 

सुझावित समाचार