सिटिजन्स बैंकको लाभांश पारित

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनलको १८औँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । सभामा बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष ०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीकोे ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९६०.२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस भएकामा सर्वसम्मतले पारित भएको हो । 

साथै, सभाले गत आवको सञ्चालक समिति तथा लेखा परीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल भई पािरत गरेको छ । सभाका अध्यक्ष प्रबलजंग पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको काम–कारबाही सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्न सक्ने विश्वास व्यक्त गरे । 

सुझावित समाचार