धरहराको दैलोमा सुन्धाराको बेहाल

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

२२ तलाको धरहरा ३ असोजदेखि सर्वसाधारणका लागि खुल्यो। आजभोलि धरहरा चढ्न आउनेको ठेलमठेल भिड हुन्छ। तर, टिलिक्क टल्किने धरहराको दैलोमै रहेको सुन्धाराको भने बेहाल छ।

सुन्धारावरिपरिको संरचना चिराचिरा परेको छ। धारा राखिएको गहिरो ठाउँमा हिलो र पानी जमेको छ। वरिपरि बिछ्याइएका ढुंगाहरू चर्किएका छन्। सिँढीमा ढुंगा र फोहोर थुप्रिएको छ। हिटी (सुनका धारा)को टुप्पोमा खिया लागेको छ। थप हेर्नुस् भिडियाे रिपाेर्टमा:

सुझावित समाचार