२५ घण्टापछि आवतजावतका लागि खुल्यो कोशी पुल

आइतबार, १३ असोज, २०८१
डिजिटल संस्करण
२५ घण्टापछि आवतजावतका लागि खुल्यो कोशी पुल

फाइल तस्बिर

२५ घण्टापछि कोशी पुलबाट आवतजावत खुला भएको छ। पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो।

शनिबार ४ बजेदेखि  पैदल यात्रुसहित सवारीसाधनलाई रोक लगाएकोमा आइतबार दिउँसो साढे ५ बजेबाट आवतजावत खुला गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए।

खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पछिलो समय पानीको बहाव ह्वात्तै घटेको छ। आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा साढे २ बजेको समयमा ३ लाख ९८ हजार ३७० क्युसेक मापन भएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ।

उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्। ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेजमाथिबाटै पानी बगेको थियो।

See More On

सुझावित समाचार