झरीले राेकेन न्यायको लडाइँ

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

बाँके नेपालगन्ज– १७ की निर्मला कुर्मीलाई न्याय माग्दै पीडित पक्ष र अधिकारकर्मीहरू निरन्तर धर्नामा छन्। पछिल्लो ५० दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले धर्ना दिइरहेका छन्।

आरोपीका रूपमा प्रहरीको अनुसन्धान घेरामा रहेकै वेला मन्त्री ‘उपहार’ पाएका बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन्। यद्यपि, पीडित पक्षले न्याय पाएका छैनन्।

घामपानी नभनी न्याय माग्दै पीडित पक्ष लगातार धर्नामै छ। झरीले राजधानी चिसो बनाउँदा पनि उनीहरू पानीमा रुझेरै सिंहदरबारसँग न्याय मागिरहेका छन्।

कहिले घाम र कहिले पानीमा धर्ना बस्दा उनीहरूको खुट्टामा घाउ लागेको छ। तैपनि न्यायको लडाइँलाई उनीहरूले जारी राखेका छन्।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार