‘निसान फेस्टिभ डिल’मा गाडी खरिद गर्दा १५ लाखसम्म छुट

शुक्रबार, २१ भदौ, २०८१
डिजिटल संस्करण

पायोनियर मोटोकर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल गाडीमा लागू हुने कम्पनीको भनाइ छ । 

योजनाअन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा एक वर्ष निःशुल्क इन्स्योरेन्स, तीन वर्षको सडक कर छुट, तीन–तीन वर्षको सर्भिसिङ र वारेन्टी तथा १५ लाख रुपैयाँसम्मको छुट पाउने बताइएको छ । 

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरि लागू हुनेछ । ‘निसान फेस्टिभ ड्राइभ’ ग्राहकले निसान म्याग्नाइटको खरिदमा ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ र एक्स–ट्रेलको खरिदमा १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को सुविधा पाउनेछन् । 

साथै, योजना अवधिभर विभिन्न मोडेलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यो योजना चाडपर्वभरि लागू हुने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार