संसदमा ध्यान, योग र अध्यात्मको स्वजागरण (फोटोफिचर)

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

सरकारले  ध्यान, योग र अध्यात्मको स्वजागरण कार्यक्रम तय गरेको छ । शुक्रबार संसद् सचिवालयसँगको सहकार्यमा प्रधानमन्त्री केपी ओलीको आतिथ्यता तथा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषदका सबै सदस्य र  दुवै सदनका सांसदहरूका लागि ध्यान, योग र अध्यात्मको स्वजागरण कार्यक्रम तय भएको हो। 

नेपाल सरकारको वैशाख ०८१ मा जारी नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माणका लागि गरिने योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि दुवै सदनका सम्पूर्ण सांसदहरूका  लागि ‘स्वजागरण’ कार्यक्रम गरिएको हो ।

प्रत्येक व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, खुसी, प्रेम, सहकार्य, शान्ति तथा ऊर्जाका क्षमतालाई जागरण गर्ने विज्ञान र विधिलाई नै स्वजागरण भनिन्छ। ध्यान र योगका विशिष्ट विधिहरूको प्रयोगबाट व्यक्ति, परिवार, संस्था र देशमा अन्तर्निहित सम्भावनाहरू जागरण गर्न सकिन्छ। यो कार्यक्रम यही विषयको परिचय र प्रयोग गरिएको छ । कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एलपी भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि र सूत्रहरूको प्रयोग र अभ्यास गरेका थिए ।

See More On

सुझावित समाचार