गएराति आएको भारी वर्षाका कारण काठमाडौं उपत्यकाभित्रका खोलाआसपासका बस्तीहरू डुबानमा परेका छन् । त्रिपुरेश्वर, टेकु, कुपन्डोल, कुलेश्वर खोलाछेउका बस्ती डुबानमा परेसँगै मानिसलाई सास्ती भएको छ । यसैगरी यहाँका नदी तथा खोलामा बाढीसमेत आएको छ । बाढीका कारण खोलामा पानीको सतहसमेत बढेको छ। गएराति पानी परे पनि अहिले काठमाडौं उपत्यकामा घाम लागेको छ ।
बस्ती डुबानका केही तस्बिरहरू :
























