सप्तकोशीमा जलसतह यो वर्षकै उच्च

शनिबार, २२ असार, २०८१
डिजिटल संस्करण
सप्तकोशीमा जलसतह यो वर्षकै उच्च

फाइल तस्बिर

सप्तकोशी नदीको जलसतह शनिबार यस वर्षकै सबैभन्दा उच्च भएको छ। दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरिएको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन्। आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए।

उनले भने, ‘पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो। जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन।’

सुझावित समाचार