दाङमा बबई नदी तर्ने क्रममा एक महिला बेपत्ता

बुधबार, १९ असार, २०८१
डिजिटल संस्करण

दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् । आज बिहान ४ बजेतिर तुलसीपुर- १४ मटेरास्थित आफन्तको घर जाने क्रममा नदी तर्न खोज्दा १९ वर्षीया सिर्जना चौधरीलाई नदीले बगाएको हो ।

उनलाई बुधबार बिहान ४ बजेतिर नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । उनको खोजी जारी राखिएको प्रहरीले जनाएकाे छ । 

See More On

सुझावित समाचार