भारी वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुबानमा

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

गएरातिदेखि भएको अविरल वर्षाले सप्तरीमा एक सयभन्दा बढी घर डुबानमा परेका छन् । जिल्लाको रूपनी गाउँपालिकामा खाँडो नदीको होचो तटबन्ध पार गरेर‌ बस्तीमा बाढी पस्दा रूपनी– १ का ३० घर डुबानमा परेको पूर्ववडाध्यक्ष पीताम्बर यादवले जानकारी दिए ।

सप्तरी जिल्लाको खाँडो नदीको रूपनी गाउँपालिकास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ । मुसलधारे वर्षाले सदरमुकाम राजविराजका चार दर्जनभन्दा बढी घर डुबान भएको स्थानीयले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रातीका अनुसार कञ्चनरूप नगरपालिका– ३ र ११ तथा तिरुहुत गाउँपालिका– १ र २ मा समेत बाढी पसेको छ । तथ्यांक संकलन तथा पीडितको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअले बताए ।
 

सुझावित समाचार