कर्णाली प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि सरकारले ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।