चार हजार पाँच सय मिटर ड्रिलिङमध्ये अहिलेसम्म दुई सय १८ मिटर ड्रिलिङ
दैलेखको भैरवी गाउँपालिका– १ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणका लागि दुई सय १८ मिटर ड्रिलिङ भएको छ । यसका लागि दर्जनौँ कामदार एवं प्राविधिक खटिएका छन् ।
ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले जानकारी दिए ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग ०७५ सालमा भएको सम्झौताअनुसार दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।