गलकोटमा रोपाइँको चटारो

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

देशका विभिन्न भागका किसान खडेरीबाट चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ ।  सिँचाइ सुविधाका कारण मध्यजेठमा  यहाँका खेतमा रोपाइँ भइरहेको छ । जिल्लामा अधिक धान उब्जाउने स्थानमध्येको गलकोटका चमुवा फाँटसहित दुदिलाभाटी, आँगाखेत, नरेठाँटी र हरिचौरमा रोपाइँको चटारो छ । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गलकोटपछि कुश्मीसेरा, बडिगाड, निसीखोला, बुर्तिबाङलगायत क्षेत्रमा जेठ अन्तिमदेखि  रोपाइँ हुने गरेको छ । मकै लगाएका  किसानले असार अन्तिम सातादेखि र साउनभरि रोपाइँ गर्छन् । 

जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत स्थानमा पनि सोही समयसम्म रोपाइँ हुने गरेको छ । बागलुङको ६ हजार हेक्टर भूमिमा धानखेती हुँदै आएको छ भने १० हेक्टरमा चैतेधान हुने गरेको उक्त केन्द्रले जनाएको छ ।  

See More On

सुझावित समाचार