सल्यानमा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । गएराति राप्ती राजमार्गअन्तर्गत दाङबाट सल्यान आउँदै गरेको रा.१ख १९१६ नम्बरको मिनीट्रक सल्यान कपुरकोट गाउँपालिका– ३ अरिँगालेफेदीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रकका चालक सल्यान छत्रेश्वरी गाउँपालिका– ६ का अन्दाजी २७ वर्षीय सुकलाल घर्तीको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।
दुर्घटनामा परी सहचालक सल्यान बनगाड कुपिण्डे नगरपालिका– ९ का २१ वर्षीय तेलबहादुर बुढाथोकी घाइते भएको उनले बताए । घाइते बुढाथोकीको श्रीनगरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनको भनाइ छ । ट्रक अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको छ । मृतक घर्तीको शव पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल राखिएको प्रहरीले जनाएको छ ।