सिरोहियाकाे पक्राउबारे प्रधानमन्त्रीलाई सम्पादकहरूकाे पाँचबुँदे संयुक्त पत्र

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोप्रति सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन्।

सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार पत्रमार्फत आपत्ति जनाएका हुन्।

सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्न आफू तयार रहेको बताइसकेकाे अवस्थामा उनलाई जुन परिस्थितिमा गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ। 

सुझावित समाचार