सन्दीपले सफाइ पाएपछि समर्थक बाजागाजासहित सडकमा [तस्बिरहरू]

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि उनका समर्थकले सुखियाली मनाएका छन्। 

बुधबार उच्च अदालत पाटनले लामिछानेलाई सफाइ दिएपछि उनका समर्थकले बाजागाजासहित फैसलाकाे स्वागत गरेका हुन्। 

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले लामिछानेलाई सफाइ दिएकाे हाे। 

यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

तस्बिरहरू : 

सुझावित समाचार