सरकारले व्यवसायको लागत घटाउने गरी कर प्रणालीको सुधार गर्ने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले राजस्वका थप क्षेत्र पहिचान गरिने पनि बताए। साथै, सबै आर्थिक क्रियाकलापलाई औपचारिक अर्थात् करको दायरामा ल्याउने पनि उनले बताए। यसैगरी राजस्व सुशासनको दक्षता बढाउने पनि उनले बताए।