छिचोलियो नागढुंगा–नौबिसे मुख्य सुरुङमार्ग [तस्बिरहरू]

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण

नागढुंगा–नाैबिसे मुख्य सुरुङमार्ग छिचाेलिएकाे छ। सोमबार अपराह्न नागढुंगा–नाैबिसे मुख्य सुरुङमार्ग ब्रेक थ्रुकाे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन्।

यो परियोजनामा रेस्क्यु र मुख्य गरेर दुई टनेल छन् । दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको थियो। दुई हजार ६ सय ८८ मिटरको मुख्य सुरुङमार्गकाे उद्घाटन आज भएकाे हाे। 

यसअघि २३ फागुनमा मुख्य टनेलको ब्रेक थ्रु गर्ने योजना थियो। तर, स्थानीयले विभिन्न माग राखेर निर्माणमा अवरोध गरेपछि फागुन ६ गतेदेखि चैत ५ गतेसम्म सुरुङ खन्ने काम रोकिएको थियो। त्यसवेला १४ मिटर खण्ड मात्रै खन्न बाँकी थियो। 

स्थानीयको माग सम्बोधन गर्ने सहमति भएसँगै ६ चैतबाट आयोजनाको निर्माण सुरु भएको थियो। यो नेपालको पहिलो आधुनिक सुरुङमार्ग हो। यो टनेल बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश वा काठमाडौं हुँदै नौबिसे जाने  सवारीसाधनको यात्रा छोटिनेछ। 

तस्बिरहरू : 

सुझावित समाचार