विश्वासकाे मत लिँदै मुख्यमन्त्री जम्कट्टेल [LIVE]

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्। कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश सभाका ५६ सदस्यको मत आवश्यक पर्छ। प्रदेश सभामा एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन्। 

सुझावित समाचार