नेपालविरुद्ध बाबरको शतक

शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

हङकङका ब्याटर बाबर हायतले नेपालविरुद्ध शतक बनाएका हुन्। उनले ४६ बलमा तीन चौका र १२ छक्कासहित शतक बनाएका हुन्। उनले डेब्यु गरिरहेका आकाश चन्दलाई छक्का प्रहार गर्दै शतक बनाए। 

३२ वर्षीय दायाँहाते ब्याटरले दोस्रो शतक बनाएका हुन्। ५०औँ खेल खेलेका बाबरले यसअघि सन् २०१६ मा ओमानविरुद्ध एक सय २२ रन बनाएका थिए। 

उनले शतक बनाउँदा हङकङ १९.२ ओभरमा २०६–४ को अवस्थामा छ।

सुझावित समाचार