अन्तिम चरणमा लुम्बिनी शिखर सम्मेलन स्थगित

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले बुद्धभूमि लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन स्थगित गरेको छ।

मंगलबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले २८ र २९ फागुनमा गर्न लागिएको लौरेट्स एन्ड लिडर शिखर सम्मेलन स्थगित गरेको हो।

अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणवश स्थगन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए।

सुझावित समाचार