तनहुँका दुई ठाउँमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले थप दुई स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दीपुर गाउँपालिका–६, हुस्लाङ तथा सारांघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

यी दुई नयाँ शाखारहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या दुई सय ७७ पुगेको बैंकले जनाएको छ । 

हाल बैंकले ७७ वटै जिल्लामा कुल तीन सय ५४ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार