सबैको लघुवित्त र साधना लघुवित्तबीच मर्जरको प्रस्ताव

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरणसहितका सम्बन्धित अनुसूचीलगायतका वित्तीय विवरण पनि पारित गरेको छ । त्यसैगरी, चालू आवका लागि श्रेष्ठ एन्ड न्यौपाने एसोसिएट चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखा परीक्षक नियुक्त गरेको छ ।

त्यसैगरी, विशेष प्रस्तावतर्फ सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक– आपसमा मर्जर हुनेसम्बन्धी सम्पूर्ण प्रस्ताव, वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको मर्जरपश्चात् अधिकृत पुँजी ४० करोडबाट वृद्धि गरी ९० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

साथै, जारी तथा चुक्ता पुँजी ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ पुर्याउने, वित्तीय संस्थाको प्रबन्धपत्रमा गरिएको प्रस्तावित संशोधनमा नियमनकारी निकायले कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा प्रचलित कानुनको अधीनमा रही सोअनुरूप यस वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन–परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गरेयको छ । 

See More On

सुझावित समाचार