साइबर अपराधको ग्राफ, प्रहरीमा दैनिक ६५ उजुरी

गत साउनदेखि २३ माघसम्म साइबर अपराधसम्बन्धी १३ हजार ३३० निवेदन प्रहरीमा दर्ता, करिब ८५ प्रतिशत अर्थात् ११ हजार ४२५ सामाजिक सञ्जालसम्बन्धी

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

आधुनिक प्रविधि र सामाजिक सञ्जालमा सर्वसाधारणको आकर्षण बढ्दै साइबर अपराधसम्बन्धी उजुरी बढेको बढै छन् । औसतमा दैनिक ६५ उजुरी प्रहरीमा पुग्ने गरेका छन् । तर, न्यून स्रोतसाधन, जनशक्ति र पहुँच नहुँदा धेरै निवेदनमा अनुसन्धान गर्न कठिन भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार साइबर अपराधको संख्या दिनप्रतिदन बढिरहेको छ । औसतमा प्रहरीकहाँ दैनिक ६५ उजुरी पुग्ने गरेका छन् । हजारौँ सर्वसाधारण यससम्बन्धी अपराधबाट पीडित बनेको प्रहरीको तथ्यांकले देखाएको छ । 

गत साउनदेखि २३ माघसम्म साइबर अपराधसम्बन्धी १३ हजार तीन सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएको प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल बताउँछन् तीमध्ये करिब ८५ प्रतिशत सामाजिक सञ्जालसम्बन्धी छन् ।

सामाजिक सञ्जालसम्बन्धी ११ हजार चार सय २५ र सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराध एक हजार नौ सय पाँच निवेदन प्रहरीमा दर्ता भएका छन् । जसमध्ये साइबर अपराधमा ५१ जनाको मात्र मुद्दा अदालतमा पुगेको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर अपराध भएको छ : डिआइजी भीमप्रसाद ढकाल, प्रहरी प्रवक्ता

प्रविधिको विकाससँगै प्रयोगकर्ता बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानुनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको छ । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ । 

प्रहरीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग बढेको छ । विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्नेजस्ता उजुरी धेरै परेका छन् । 

सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरी प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दु:ख–हैरानी दिने, सरकारी तथा अन्य संघसंस्थाहरूको वेबसाइट ह्याक गर्ने र अनलाइन ठगी गर्ने साइबर अपराध पनि छन् । 

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुर्व्यवहार गर्ने, पीडितहरूको तस्बिरमा अश्लीलता जोडी दु:ख–हैरानी दिने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्‍याई डाटा नष्ट गरी हानि–नोक्सानी पुर्‍याउने उजुरी धेरै पर्ने गरेका छन् ।

सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिने यस्ता प्रवृत्ति र अपराधका नयाँ शैलीले साइबर अपराध अनुसन्धान कार्यलाई चुनौती थपेको प्रहरी प्रवक्ता ढकाल बताउँछन् । ‘प्रविधिको विकाससँगै प्रयोगकर्ता पनि बढिरहेका छन् । अपराधीहरूले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी साइबरजन्य अपराध गर्ने गरेका छन् । यसबाट जोगिन सबै सचेत हुन आवश्यक छ,’ उनी भन्छन्, ‘यस्ता अपराध हुन नदिन नेपाल प्रहरीले सचेतना फैलाउने, अपराधीलाई कानुनी दायरामा ल्याउने र साइबर ब्युरोलाई अझ प्रभावकारी बनाउँदै अनुसन्धान र कारबाहीलाई तीव्रता दिने अभियान चलाएको छ ।’

सो अवधिमा दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुक/म्यासेन्जरको दुरुपयोगका नौ हजार तीन सय ५० वटा छन् । भाइबरसम्बन्धी १६, इमोका ६, युट्युबका ३९ वटा, ट्विटरका ६, इन्स्टाग्रामका चार सय ३२, वेबसाइट ह्याकिङका ६ वटा निवेदन छन् । टिकटकमा हुने अपराध पनि बढिरहेका छन् । यो अवधिमा टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी दर्ता भएका छन् । टिकटकले समाजमा अराजकता फैलाउन मद्दत गरेको भन्दै सरकारले यसलाई प्रतिबन्ध नै लगाइसकेको छ । त्यस्तै, इमेलका ८० वटा, ई–सेवाका एक सय ९० र अन्य एक सय १८ वटा निवेदन प्रहरीमा परेका छन् । 

सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका सबैभन्दा धेरै चार सय तीनवटा उजुरी छन् । उपहार/पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, चिट्ठा परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर/कोठा खोजी दिनेतर्फ ३५ वटा छन् । बैंक तथा वालेट अफिसबाट बोलेको/ एकाउन्ट ह्याकका एक सय ५२ वटा, मास्टर कार्ड/मनी एक्सचेन्जसमेतका ६१, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५, क्रिप्टोसँग सम्बन्धित ९५, अनलाइन सपिङका चार सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडी ६७ वटा र अन्यतर्फ दुई सय ६२ छन् । 

आर्थिक वर्ष ०७९/८० मा साइबर अपराधको मुद्दा दर्ताको तथ्यांक विश्लेषणका आधारमा पीडितको उमेर समूह २६ देखि ३५ वर्ष र पिडकको उमेर १९ देखि २५ वर्षको धेरै संख्या रहेको प्रहरीले जनाएको छ । 

कस्ता–कस्ता उजुरी ? 
नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी सामाजिक सञ्जालहरूमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अरूको सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने उजुरी छन् । त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने, ठगी गर्ने, दुव्र्यवहार गर्ने, पीडितहरूको तस्बिरमा अश्लीलता जोडी दु:ख–हैरानी दिने, कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच पुर्‍याई डाटा नष्ट गरी हानि–नोक्सानी पुर्‍याउने उजुरी आएका छन्  । 

कुन सञ्जालमा कति उजुरी ?
फेसबुक/म्यासेन्जरको दुरुपयोगका नौ हजार तीन सय ५० वटा छन् । भाइबरसम्बन्धी १६, इमोका ६, युट्युबका ३९ वटा, ट्विटरका ६, इन्स्टाग्रामका चार सय ३२, वेबसाइट ह्याकिङका ६ वटा निवेदन छन् । टिकटकमा हुने अपराध पनि बढिरहेका छन् । यो अवधिमा टिकटकसम्बन्धी ६ सय ६७ वटा उजुरी दर्ता भएका छन् । टिकटकले समाजमा अराजकता फैलाउन मद्दत गरेको भन्दै सरकारले यसलाई प्रतिबन्ध नै लगाइसकेको छ । त्यस्तै, इमेलका ८० वटा, ई–सेवाका एक सय ९० र अन्य एक सय १८ वटा निवेदन प्रहरीमा परेका छन् । 

सूचनाप्रविधितर्फ वित्तीय अपराध धेरै 
सूचना प्रविधिसँग सम्बन्धित वित्तीय अपराधतर्फ सामाजिक सञ्जाल ह्याकका सबैभन्दा धेरै चार सय तीनवटा उजुरी छन् । उपहार/पैसा पठाएकोसम्बन्धी दुई सय ६४ वटा, चिट्ठा परेको प्रलोभन देखाई ठगी गरेका ३३ वटा, वैदेशिक रोजगारको प्रलोभनका ३८ वटा, अनलाइन जागिर/कोठा खोजी दिनेतर्फ ३५ वटा छन् । बैंक तथा वालेट अफिसबाट बोलेको/एकाउन्ट ह्याकका एक सय ५२ वटा, मास्टर कार्ड/मनी एक्सचेन्जसमेतका ६१, भिडियो सेयरिङ र ब्ल्याकमेलिङका ३५, क्रिप्टोसँग सम्बन्धित ९५, अनलाइन सपिङका चार सय ६० वटा, सामाजिक सञ्जाल फेक आइडी ६७ वटा र अन्यतर्फ दुई सय ६२ छन् । 

सुझावित समाचार