अमेरिकाको क्यालिफोर्नियामा रहेको मुक्तिनाथधाममा लघु रुद्री

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

महाशिवरात्रिको अवसर पारेर अमेरिकास्थित क्यालिफोर्नियामा रहेको मुक्तिनाथधाममा फागुन २५ गते लघु रुद्री हुने भएको छ ।  अमेरिकानिवासी करिब तीन सयभन्दा धेरै नेपालीको सामूहिक लगानीमा निर्माण भएको मुक्तिनाथधाममा लघु रुद्री हुने भएकाे हाे । पछिल्लाे समयमा मुक्तिनाथधाममा दर्शनार्थीको भिड बढ्दै गइरहेको मन्दिरका  सचिव  जनकराज  ढुंगानाले जानकारी दिए ।

मन्दिरको विकास र संरक्षणका लागि नेपाल सरकारको संस्कृति,  पर्यटन  तथा  नागरिक  उड्ययन  मन्त्रालयसँग छलफल भइरहेको ढुंगानाले जानकारी दिए । 

अमेरिकामा  रहेका  नेपालीलाई  एकताबद्ध  गराउनुका साथै  अमेरिकामा नेपाली  संस्कृति, वेशभूषा र विविधताबारे प्रचारप्रसार गराउने उद्देश्यले  शिवलिंग  प्राणप्रतिष्ठा  रुद्रभिषेक कार्यक्रम आयोजना गरिएको मुक्तिनाथ धामका अध्यक्ष  अनिल  पाण्डेले बताए । 

सुझावित समाचार