जनसम्पर्क समिति अमेरिकाको महासचिवमा प्रतीक पाण्डेको उम्मेदवारी

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनियामा हुने तेस्रो केन्द्रीय अधिवेशनका लागि प्रतीक पाण्डेले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

क्यालिफोर्नियानिवासी पाण्डेले संगठनलाई परम्परागत दायराबाट उठाएर आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी बनाउने एजेन्डा अघि सारेका छन्। महासचिव पदलाई प्रशासनिक दक्षता, समन्वय र जवाफदेही नेतृत्वको रूपमा परिभाषित गर्दै उनले सदस्यता, अभिलेख र निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने प्रस्ताव गरेका छन्।

अमेरिकामा रहेका नेपालीहरूको ज्ञान, विज्ञता र प्रविधिलाई नेपालको विकाससँग जोड्दै संस्थालाई ‘पोलिटिकल थिंक ट्यांक’का रूपमा विकास गर्ने उनको योजना छ।

पाण्डेले अग्रजहरूको अनुभव र नयाँ पुस्ताको नवप्रवर्तनबिच सहकार्य गराउँदै युवालाई निर्णय प्रक्रियामै नेतृत्व दिने र व्यक्तिभन्दा संस्थागत प्रणाली निर्माणमा जोड दिने बताएका छन्।

सुझावित समाचार