सुरक्षाघेराबीच उपेन्द्र यादवले गरे मधेश कृषि विश्वविद्यालयको शिलान्यास

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

कडा सुरक्षाघेराबीच जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश कृषि विश्वविद्यालयको सोमबार शिलान्यास गरेका छन् । यादवको उपस्थितिप्रति जनमत पार्टीले विरोध जनाएकाले झडपको आशंका गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

कार्यक्रम स्थलमा सुरक्षाकर्मीसँगै जसपाका कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति थियो । त्यसैगरी, ठूलो संख्यामा जनमत पार्टीका समर्थक पनि भेला भएका थिए ।

प्रदेश सरकारले निर्माण गर्न लागेको विश्वविद्यालयको शिलान्यास राजनीतिक स्वार्थको कारण जसपा अध्यक्षबाट गराउन लागिएको भन्दै जनमत पार्टीले विरोध गरेको थियो । 

उपेन्द्र यादवको विरोधम ब्यानर लिएर भेला भएका जनमत पार्टीका नेता–कार्यकर्ता

सुझावित समाचार