अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि पोखरा तम्तयार अवस्थामा छ। २५औँ संस्करणको पोखरा सडक महोत्सवका कारण पनि लेकसाइडका होटेलहरू भरिभराउ छन्।
.jpg'_'.2023-12-31.jpg)
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऊँ’ भन्ने नारासहित रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराको आयोजनामा सडक महोत्सव जारी छ। यही अवसरमा हरेक वर्षजस्तै यो नयाँ वर्षमा पनि पोखरामा विविध कार्यक्रम आयोजना हुँदै छन्।
.jpg'_'.2023-12-31.jpg)
तालैतालको सहरका रूपमा प्रख्यात पोखराबाट देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण तथा मनास्लु हिमालका दृश्यले पाहुनालाई मन्त्रमुग्ध बनाउँछ। डुंगा सयर र ताल बाराही मन्दिर दर्शनका लागि फेवा पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ।
.jpg'_'.2023-12-31.jpg)
पोखरा आउने पर्यटकको अर्को गन्तव्य हो पाताले छाँगो (डेभिस फल्स)। खोँचबाट पानी बगेको दृश्य हेर्न मन छ भने डेभिस फल्स र गुप्तेश्वर महादेव गुफा उत्कृष्ट गन्तव्य हो।
.jpg'_'.2023-12-31.jpg)
शान्ति स्तूपा पनि पोखरा आउने पर्यटकको प्राथमिकतामा पर्छ। शान्ति स्तुपाबाट केहीमाथि छ, पुम्दिकोट। नयाँ गन्तव्य पुम्दिकोट छोटो समयमै पर्यटकलाई लोभ्याउन सफल भएको छ। यसको विशेषता भनेको डाँडामा रहेको शिवको मूर्ति हो। ५१ फिट अग्लो मूर्ति हेर्न भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ, यो गन्तव्य।
.jpg'_'.2023-12-31.jpg)
यीबाहेक रूपाकोट, काहुँडाँडा, टावर, भद्रकाली मन्दिर, विन्ध्यवासिनी मन्दिर, धम्पुस तथा प्याराग्लाइडिङ र बन्जीजम्प पनि पोखरा आउने पर्यटकले छुटाउन नहुने गन्तव्य हुन्।.jpg'_'.2023-12-31.jpg)
.jpg'_'.2023-12-31.jpg)
.jpg'_'.2023-12-31.jpg)
.jpg'_'.2023-12-31.jpg)
.jpg'_'.2023-12-31.jpg)
.jpg'_'.2023-12-31.jpg)