यस्तो बन्दै छ संघीय संसद्को नयाँ भवन [तस्बिरहरू]

शनिबार, २३ मंसिर, २०८०
डिजिटल संस्करण

व्यवस्थापिका संसद्को नयाँ भवन निर्माणको काम अझैसम्म जारी छ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले १ असोज ०७६ मा शिलान्यास गरेका भवन निर्माणको काम हालसम्म करिब ७५ प्रतिशत भएको छ।

तीनपटक म्याद थपिएको यो योजना अब वैशाखमा पूरा गरिसक्नुपर्नेछ। टुडी शेर्पा जेभीले ठेक्का लिएको संसद् भवनको अहिले छानो छाउने काम भइरहेको छ।

सहरी विकास मन्त्रालयमा सीता गुरुङ मन्त्रीका रूपमा आएपछि कामले गति लिए पनि तोकिएको समयमा आयोजना सम्पन्न हुने देखिँदैन।

यहाँ सवारी पार्किङको भवन, प्रिन्टिङ प्रेसको कार्यालय, संसदीय समितिहरूको कार्यालय, सचिवालय भवन २ वटा, राष्ट्रिय सभा हल, प्रतिनिधिसभा हल, पुस्तकालय कार्यालय, क्यान्टिन भवन र संसदीय दलका कार्यालयहरू रहनेछन्।

हेर्नुहाेस् तस्बिरहरू :

See More On

सुझावित समाचार