फुटपाथ व्यवसायीद्वारा महानगर र ईःबीचको सहमतिको स्वागत

आइतबार, १४ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच भएको सहमतिको फुटपाथ व्यवसायीहरूले स्वागत गरेका छन्। शान्तिपूर्ण र्‍याली निकालेर उनीहरूले सहमतिको स्वागत गरेका हुन्।

फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने भन्दै अभियन्ता ईःले २ असोज मंगलबार दिउँसोदेखि राष्ट्रिय सभागृहअगाडि उभिएर विरोध सुरु गरेका थिए । गत बुधबार महानगरपालिकासँग चारबुँदे सहमति भएसँगै विरोध प्रदर्शन टुंगिएको थियो।

फुटपाथ व्यवसायीहरूले ‘गरी खान देऊ’ भनी साथ दिने सबैलाई धन्यवाद दिन शान्तिपूर्ण र्‍याली निकालेका हुन्।

तस्बिरहरू  ः

सुझावित समाचार