महानगरविरुद्ध ईःको आन्दोलनमा फुटपाथ व्यवसायीको ऐक्यबद्धता

आइतबार, ७ असोज, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलविरुद्ध अभियन्ता ईःलगायतको आन्दोलनमा फुटपाथ व्यवसायीले ऐक्यबद्धता जनाएका छन्।

काठमाडौं महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरू लगातार ६ दिनदेखि राष्ट्रिय सभागृहपरिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका छन्।

ईःको आन्दोलनमा समर्थन जनाउँदै फुटपाथ व्यवसायीहरू पनि प्रदर्शनमा उत्रिएका छन्। सहर सबैका लागि कि धनीका लागि मात्रै ? भन्दै मेयर साहलाई प्रश्न गरेका छन्। उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’, ‘गरिखान देऊ’, ‘विकल्प देऊ’जस्ता नारा लेखिएका पर्चाहरू प्रदर्शन गरेका छन्।

महानगरले आफ्नो आन्दोलनमा प्रतिक्रिया नगरे विरोधलाई थप १९९ घन्टामा विस्तार गर्ने युवाहरूकाे तयारी छ।

तस्बिरहरू :

See More On

सुझावित समाचार