राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठक सिंहदरबारमा सुरु, ओली पनि सहभागी

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण

संसदमा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यता प्राप्त दलसँग छलफल गरेका छन्। 

प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी भएका छन्।

यसअघि आइतबार बसेको बैठक सोमबार बस्ने गरी विनानिष्कर्ष सकिएको थियो। 

तस्बिर :  प्रदीपराज वन्त
 

सुझावित समाचार