लमजुङमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ केन्द्रले सार्वजनिक सूचना जारी गर्दै शनिबार बिहान ९:३० बजेदेखि अपराह्न ४:३० वजेसम्म विद्युत् सेवा बन्द हुने भएको जानकारी दिएको हो ।
केन्द्र अन्तर्गतको मध्य मर्स्याङदी उदिपुर ३३ केभी प्रसारण लाइन आसपासका रुखका हाँगाहरू फँडानी गर्ने तथा विद्युत् लाइन पेट्रोलिङ गर्नुपर्ने भएकाले उदिपुर सबस्टेसनका ३३ केभी तथा ११ केभी फिडरबाट प्रसारण हुने विद्युत् लाइन बिहानदेखि दिउँसो १२:३० सम्म बन्द हुनेछ।
त्यसैगरी, बेँसीसहर फिडरमा भने अन्य मर्मतका कार्यहरूसमेत गर्नुपर्ने भएकोले (थप ४ घण्टा) बेलुका ४:३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो। तोकिएको समयअगावै काम सम्पन्न भएमा तत्कालै विद्युत् आपूर्ति सुचारु गरिने नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्र प्रमुख मेघनाथ भट्टराईले जानकारी दिए।