सुन तस्करीको गहन छानबिन माग्दै युवा संघले निकाल्यो मसाल जुलुस

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण
सुन तस्करीको गहन छानबिन माग्दै युवा संघले निकाल्यो मसाल जुलुस

एमाले सम्बद्ध राष्ट्रिय युवा संघले सुन तस्करीको गहिरो छानबिनको माग गर्दै शुक्रबार काठमाडौंमा निकालेको मसाल जुलुस । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एमालेसम्बद्ध भ्रातृ संगठन राष्ट्रिय युवा संघले सुन तस्करीको गहिरो छानबिन गरेर दोषीमाथि कारबाहीको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ । 

पछिल्लोपटक एक सय ५५ केजी तस्करीको सुन पक्राउसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करहरूले सरकारको सुरक्षाघेरा पार गरेर सुन तस्करी गरिरहेको तथ्य उद्घाटित हुँदा गृह प्रशासनको कमजोरी छताछुल्ल भएको संघको आरोप छ । 

संघले तस्करीको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिनुपर्ने, गहन छानबिनमार्फत दोषी भन्सार विभागसहितका उच्चअधिकारीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । 

संघका उपाध्यक्ष कृष्णहरि केसी र अमित लामाको नेतृत्वमा निस्किएको मसाल जुलुसमा युवाहरूले विभिन्न नारा लगाएका थिए ।

तस्बिरहरू : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

सुझावित समाचार