सिटिजन्स बैंकले दुई होटेलसँग गर्‍यो छुट पाउने समझदारी

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुटवलको कालिकापथमा रहेको ड्रिम इन्टरनेसनल होटेल तथा योगीकुटीमा रहेको होटेल दा फ्लामिंगोसँग बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट पाउने समझदारी गरेको छ ।  

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामिंगोमा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।

हाल बैंकले देशभरमा एक सय ८८ शाखा, तीन विस्तारित काउन्टर, एक सय ४३ एटिएम, ६ कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

सुझावित समाचार