बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निर्माणाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् ।
ओखलढुंगा घर भई हाल बागलुङको गलकोट– ११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मंगलबार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्वखोलाको बीचभागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।