मधेसका अस्पतालमा मुक्तिनाथ विकास बैंकले गर्‍यो ह्विल चेयर वितरण

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले मधेस प्रदेशका विभिन्न अस्पतालहरूमा ह्विल चेयर वितरण गरेको छ । बैंकले मधेस प्रदेशस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपुर अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ह्विल चेयरहरू हस्तान्तरण गरेको हो । यस कार्यबाट स्वास्थ्य क्षेत्रतर्फ आफ्नो सामाजिक प्रयास अघि सार्दै, उक्त अस्पतालमा आउनुहुने बिरामीलाई केही राहत पुग्ने बैंकको विश्सास छ । 

साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्तर्गत दुई करोड रुपैयाँसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण–खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजात पूरा गरेको तीन कार्य दिनभित्र प्रदान गर्दै आइरहेको बताएको छ ।  

सुझावित समाचार