जलहरीको सुन जोख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, जनप्रतिनिधिलगायत आउने भएपछि पशुपति परिसर खाली गरिएको छ।
.jpg'_'.2023-06-25.jpg)
आइतबार साँझ ६ बजे सुन जोख्न उक्त टोली आउने भएपछि मन्दिरका चारवटै ढोका बन्द गरिएको छ भने भक्तजनहरूलाई त्यहाँबाट हटाइएको छ। महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ।
.jpg'_'.2023-06-25.jpg)
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा एक सय आठ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्।
.jpg'_'.2023-06-25.jpg)
करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्।
.jpg'_'.2023-06-25.jpg)
सुन हिनामिनाको आरोप लागेपछि कही दिनअघि कोषका सदस्यसचिव मिलनकुमार थापाले संसदीय समितिमा उक्त आरोप अस्वीकार गर्दै सुन जोख्न अनुरोध गरेका थिए।
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)
.jpg'_'.2023-06-25.jpg)