बजाजको २५ वर्ष लिडरसिप योजना सकियो

बुधबार, २४ जेठ, २०८०
डिजिटल संस्करण

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालन गरेको ‘नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन’ सम्पन्न गरेको छ । कम्पनीले आफ्ना उपभोक्तालाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यका साथ यो अभियान नयाँ वर्ष ०७८ को अवसरमा सुरु गरेको थियो ।

अभियानको एक हिस्साका रूपमा बजाजले ग्राहकलाई आकर्षक अफरहरू उपलब्ध गराएको जनाएको छ । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको स्योरसट नगद छुट र भाग्यशाली २५ ग्राहकले एक केजी चाँदी जित्ने अवसर समावेश गरिएको उल्लेख छ ।  

कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले यो अभियान अहिलेसम्मको यात्रामा ग्राहकले वर्षौँदेखि दिएको अटल साथका लागि आभार व्यक्त गर्नुका साथै यस उत्सवलाई मनाउने एक माध्यम भएको बताए । उनले भने, ‘नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।’

बजाज नेपालको भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको कम्पनीको दाबी छ । त्यस्तै, यसको रिसेल मूल्य पनि उत्कृष्ट रहेको तथा गुणस्तरीय उत्पादन, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहकमैत्री सेवा–सुविधाप्रतिको प्रतिबद्धताजस्ता कारणले उच्चतम स्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ ।  

See More On

सुझावित समाचार