माइतीघरबाट नर्सले भने– भाइरल हुनुस्, भाइरस नफैलाउनुस् (तस्बिरसहित)

बुधबार, १० जेठ, २०८०
डिजिटल संस्करण

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत नर्सबीच भएको विवादको भिडियोले नर्स र नर्सिङ प्रेसाप्रति नकारात्मक प्रभाव परेको भन्दै नर्सहरूले प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै उनीहरूले  नर्सहरूको आत्मसम्मानमा कसैले पनि चोट पुर्‍याउन नपाउने चेतावनी दिएका छन् ।

भाइरल हुनुस्, तर भाइरस नफैलाउनुस्, नर्स पनि मानव हो, दानवजस्तो व्यवहार नगर, नर्स हुनु गर्व कि पश्चातापलगायतका नारा लेखिएको प्लेकार्ड बोेकेर नर्सहरू प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलामा देखिएका केही दृश्य :

See More On

सुझावित समाचार